पछिल्लो २४ घण्टामा थप १५३९ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

रामेछाप खबर संवाददाता

काठमाडौँ, ३१ भदौ ।

पछिल्लो २४ घण्टामा देशभर एक हजार ५३९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। १० हजार ४ सय ९४ को पीसीआर गर्दा एक हजार ५३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १ हजार ६८ जनालाई संक्रमण निको भएको बताए। हाल देशभर २६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।

पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ। हालसम्म जम्मा संक्रमित ५८ हजार ३ सय २७ छ भने मृतक संख्या ३ सय ७९ पुगेको छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।