चराको आवाज निकालेर एकअर्कासँग संवाद गर्छन् यहाँका मानिस

रामेछाप खबर संवाददाता


संसारभरि मानिस फरक फरक भाषाको प्रयोग गर्छन् । पशु, पक्षी र अन्य प्राणी पनि फरक फरक आवाज निकालेर संवाद गर्छन् ।
तर संसारमा यस्तो पनि ठाउँ छ जहाँका मानिस सिट्ठी बजाएर अर्थात् चराको आवाज निकालेर संवाद गर्छन् ।

यूनिसेफले टर्कीको एक भागमा बोलिने चराको भाषालाई सम्पदा सूचीमा राखेको छ र यसको संरक्षण आवश्यक रहेको बताएको छ । त्यसपछि संसारको ध्यान यस अनौठो भाषामा गयो ।

उत्तरी टर्कीको गिरेसुन प्रान्तका गाउँमा बस्ने लगभग १० हजार मानिसले यो सुन्दर भाषालाई जोगाइरहेका छन् । अग्ला पहाडका दुर्गम बस्तीमा बस्ने मानिस टाढासम्म आफ्नो कुरा पु–याउनका लागि चरोको जस्तो तीखो आवाज निकाल्छन् ।

कृष्ण सागरको तटमा रहेको पर्वतीय इलाकामा सिट्ठी बजाएर उनीहरू टाढाटाढासम्म सन्देश पु–याउँछन् ।

यूनेस्कोका अनुसार, मोबाइल फोनको बढ्दो प्रयोगले पहाडी क्षेत्रमा तीनदेखि पाँच किलोमिटर परसम्म सुनिने यो बोलीलाई अप्ठ्यारो पारेको छ । तर अनेक उपाय लगाएर यसलाई संरक्षण गर्ने कोशिश जारी छ ।

बाटो हराएको मानिस वा आपतमा परेको मानिसलाई सही दिशा पहिल्याउनका लागि सिट्ठी बोलीको प्रयोग उपयोगी हुने गरेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।