आर्सनलका कप्तानले गरे क्लबसँग तीन वर्षको नयाँ सम्झौता

रामेछाप खबर संवाददाता

काठमाडौं, ३१ भदौ ।

इंग्लिस क्लब आर्सनलका कप्तान पिएर एमरिकले क्लबसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन्।

३१ वर्षका स्ट्राइकर एमरिक सन् २०१८ को जनवरीमा आर्सनलमा अनुबन्धित भएको थिए । उनले सन् २०१८–१९ को सिजनमा प्रिमियर लिगमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट जितेका थिए ।

आफ्ना लागि आर्सनल विशेष क्लब रहेको र नयाँ सम्झौताको विषय कहिल्यै पनि दुविधाको विषय रहेको उनले बताएका छन् ।

उनले भनेका छन्, ‘मलाई आर्सनलमा विश्वास छ । हामीले एक भएर ठूलो उपलब्धी हाँसिल गर्ने छौँ । हामीसँग उत्साह छ र आर्सनलका लागि राम्रो चिजहरु आउन बाँकी छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।