आँचल शर्मा अचेल कपाल रोप्छिन्

रामेछाप खबर संवाददाता

काठमाडौँ, ३० भदौ।

अभिनेत्री आँचल शर्माले विवाहपछि आफ्ना पति उदिप श्रेष्ठसँग मिलेर कपाल उमार्ने तथा शरीरिक रुपमा तौल घटाउने उपचार केन्द्र सञ्चालन गरेकी छिन् । बालुवाटार क्षेत्रमा सञ्चालन गरिएको यही कार्यालयमा आँचल र उदिप आजकाल व्यस्त हुने गरेका छन् । सेलिब्रेटी देखि विभिन्न व्यक्तिहरुको कपाल र रोप्न र तौल घटाउनमै अभिनेत्री आँचलको दीनचर्या बित्ने गरेको छ । जसलाई उनले नेपालमा एउटा नयाँ उपचारको रुपमा चर्चा गरिरहेकी छिन् ।

अभिनेत्री आँचलसँग फिल्म पनि छैन । गत वर्ष यही समयमा उनले फिल्म झिँगेदाउमा अभिनय गरेकी थिईन् । त्यसपछि उनको हातलमा सिनेमा छैन । विवाहपछि भिडियोमा देखिन थालेकी आँचल यही कारण पनि आजकाल कपाल रोप्ने व्यबसायमा व्यस्त छिन् ।

कपालका रौं गनेर त्यो बराबरको पैसा लिँदै कपाल रोप्ने व्यबसाय अँगालेकी अभिनेत्री आँचल अहिले टाउकाको तौलबारे जान्न भने तराजुमा जोख्नु पर्ने अडान कसेकी छिन्

यसरी टाउकोमा कपाल रोप्ने ब्यबसाय सुरु गरेकी यी अभिनेत्रीलाई एउटा अन्तरवार्तामा टाउकोको तौल सोध्दा आँचल अहिले विवादमा परेकी छिन् । कपालको मोल सोधेको भए आफुले रोप्ने गरेको कपालको मूल्यसँग हिसाब गरेर उनले जवाफ दिने थिईन होला । तर टाउकोको तौल नै सोधेपछि उनले बताउन सकिनन् । अन्तत एउटा टाउकोको तौल थापा पाउन त्यो टाउकोलाई तराजुमै राख्नु पर्ने बताएकी छिन् ।

अभिनेत्री आँचल यही विभिन्न ट्रोलको सिकार भएकी छिन् । कपालका रौं गनेर त्यो बराबरको पैसा लिँदै कपाल रोप्ने व्यबसाय अँगालेकी अभिनेत्री आँचल अहिले टाउकाको तौलबारे जान्न भने तराजुमा जोख्नु पर्ने अडान कसेकी छिन् । सोही कुरालाई लिएर अहिले उनको टाउकोको तस्बिरमा विभिन्न तौल राखेर सामाजिक सञ्जालमा ट्रोलको हाँसो बनाईएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।