पुन: बढ्यो सुनको मूल्य,कतिमा हुदै छ आज कारोवार ?

रामेछाप खबर संवाददाता

काठमाडौँ, ३० भदौ ।

मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर ९७ हजार पाँच सय रुपैयाँ कायम भएको छ । सोमबार यसको मूल्य ९६ हजार ९ सय रुपैयाँ थियो ।

तेजावी सुनको मूल्य पनि प्रतितोला ६ सय रुपैयाँले नै बढेर ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार यसको मूल्य ९६ हजार रुपैयाँ थियो ।

यस्तै, मंगबार चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर एक हजार तीन सय ४० रुपैयाँ कायम भएको छ। सोमबार यसको मूल्य एक हजार तिन सय २० रुपैयाँ थियो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।