यसै सालकाे नोभेम्बरमा चीनकाे काेराेना खाेप बजारमा आउन सक्ने

रामेछाप खबर संवाददाता

एजेन्सी, ३० भदाै ।
r
चीनले बनाइरहेकाे कोरोना भाइरसविरूद्धकाे भ्याक्सिन आगामी नोभेम्बरको सुरूमै बजारमा उपलब्ध हुनसक्ने त्यहाँका अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार चीनमा हाल अन्तिम चरणकाे परीक्षणमा रहेका खाेपहरू आममानिसको प्रयोगका लागि चाँडै उपलब्ध हुनेछन् ।

समाचार एजेन्सीहरूका अनुसार चाइनिज सेन्टर फर डिजिस कन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टरकी बायोसेफ्टी विज्ञ गुइझेन वुले अहिले तेस्रो चरणको परीक्षण भइरहेका भ्याक्सिन नोभेम्बरसम्म आममानिसले प्रयोग गर्न पाउने बताएकी हुन् । उनले एक अन्तर्वार्तामा पछिल्लो समय आफूले पनि एउटा खाेप लगाएको र त्यसको कुनै साइड इफेक्ट नदेखिएको बताएकी छन् ।

अहिले चीनका विभिन्न कम्पनीहरूले बनाइरहेका ४ वटा काेराेना विरूद्धका खाेप (भ्याक्सिन) तेस्रो चरणको परीक्षणमा छन् । तिनीहरूको परीक्षण चुस्त गतिमा भइरहेको र चाँडै सर्वसाधारणका लागि बजारमा उपलब्ध हुने बताइएकाे छ । चिनिया कम्पनी सिनो फार्म र सिनोभ्याक वायोटेकले राज्यको आपतकालीन् प्रयोग कार्यक्रमअन्तर्गत तीनवटा भ्याक्सिन बनाइरहेका छन् । अर्काे कम्पनी क्यान सिनो बायोलोजिक्सले पनि एउटा खाेप बनाइरहेकाे छ, जसलाई गत जुनमा सैन्य प्रयोगका लागि स्वीकृति दिइएको थियो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।