एकासी ह्वात्तै बढ्यो सुनको भाउ,कतिमा हुदै छ कारोवार ?

रामेछाप खबर संवाददाता

काठमाडौँ, २९ भदौ ।

नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा ४ सय रुपैयाँ प्रतितोलाका दरले सुनको मूल्य बढेको हो । सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९ सय रुपैयाँका दरले कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँका दरले रहेको थियो । सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय रुपैयाँ रहेको छ ।

यसअघि आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ९ सय रुपैयाँ रहेको थियो ।सोमबार नेपाली बजारमा चाँदीको मूल्य १३ सय २० रुपैयाँ प्रतितोला रहेको महासंघले जनाएको छ ।