दशै तिहारमा ‘यात्रुकाे ढाड सेक्दै’ सरकारः हवाई भाडामा २५ प्रतिशत सम्म बृद्धि हुने

रामेछाप खबर संवाददाता

काठमाडौँ, २९ भदौ ।

देश काेराेनाले ठप्प प्रायः छ संक्रमण फैलनसक्ने भन्दै सरकारले लकडाउन र निषेधाज्ञा जारी गरेका कारण मानिसकाे आवतजावत ठप्प भैरहेकाे बेला सरकारले हवाई भाडा बढाउन अहाेरात्र मेहेनत गरिरहेकाे छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई भाडा बृद्धि गर्ने गरि प्रस्ताव तयार गरेकाे छ । मन्त्रालयले भाडा बढाउनका यसअघि नै नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र थापाको नेतृत्वमा कार्यदल गठन गरेकाे थियाे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र थापाको नेतृत्वमा बनेको कार्यदलले ट्रंक रुट (लामो धावनमार्ग भएका तराईका विमानस्थल) मा १५ देखि २० प्रतिशत र सर्ट-हल (छोटो धावनमार्ग भएका दुर्गम क्षेत्रका विमानस्थल) मा २५ प्रतिशतसम्म भाडा बढाउने प्रस्ताव गरिएको छ।

कार्यदलले साे प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाइसकेको छ।

काेराेना संक्रमणका कारण देश विदेशमा यात्रु सहज आवतजावत गर्न नपाउँदा अलपत्र परेका छन् । विदेशमा राेजगारी गुमाएर अलपत्र परेका लाखाै नेपाली स्वदेश फर्किन बाटाे कुरेर बसेका बेला सरकारले सहज रूपमा नेपाल ल्याउने बारे ठाेस कदम चाल्न सकेकाे छैन ।

केहि अलपत्र नेपालीकाे उद्दार गरिएकाे भनिएपनि दुइगुणा बन्दा बढि हवाइभाडा असुलेकाे र क्वारेन्टिनमा मनलाग्दी पैसा असुलेकाे आराेप खेपिरहेकाे सरकारले ब्यापारीकाे पक्षमा हुने गरि हवाइभाडा बढाउने तयारी गरेकाे हाे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको याेजना अनुसार भाडाबढाउने निर्णयकाे चाैतर्फी विराेध हुने देखिएपछि मन्त्रालयमा रहेकाे साे प्रतिवेदन निजी क्षेत्र तथा सराेकारवाला निकायसंगकाे सुझाव लिन भन्दै पुनः नागरिक उड्डयन प्राधिकरणका फिर्ता पठाइएकाे छ ।

व्यवसायीहरूले भाडा बढाउन माग गर्दै आएका थिए। इन्धनको मूल्य तलमाथि हुँदा हवाई भाडा घटबढ भइरहेको हुन्छ। तर प्राविधिक रुपमा हवाई भाडा भने सरकारले मात्र निर्धारण गर्छ। सरकारले अधिकतम सीमा तोकिदिएको हुन्छ।

सरकारले भाडा निर्धारण गरे पनि इन्धन शुल्क भने इन्धनको मूल्यअनुसार घटबढ हुन्छ। सोहीअनुसार यात्रुले तिर्ने अन्तिम भाडा भने परिवर्तन भइरहेको हुन्छ। तर नेपालमा हवाइ ब्यावसायीहरूले इन्धनकाे मुल्य कम हुँदा समेत पुरानै शुल्क लिने गरेका थिए ।

काठमाडाैदेखि विराटनगरसम्म सरकारले ताेकेकाे अधिकतम भाडा ३ हजार ५ सय ७० रुपैयाँ हो। तर ब्यावसायीले भने ५ हजार ५ सय ५५ रुपैयाँ लिदैै आएका छन ।

मन्त्रालयकाे प्रस्तावीत नयाँ भाडा अनुसार अब विराटनगरका लागि एक तर्फी भाडा ७ हजार पुग्ने छ । नजिकिदै गरेकाे दसैंतिहारमा यात्रुकाे चाप अत्याधिक हुन्छ । साेहि माैकामा बढेकाे भाडा लागु भए ब्यापारीले दैनिक कराेडाै कमाउन सक्छन ।

साेहि सेटिङमा भाडा बढाउने तयारी भैरहेकाे बताइएकाे छ । हवाइभाडा प्रत्येक दुइबर्षमा समायाेजन ( घटबढ) हुने प्रवधान छ ,इन्धनकाे मुल्य तलमाथी भए अनुसार हवाइभाडा घटवढ हुन्छ । तर इन्धनकाे मुल्यमा भारी गिरावट अाएकाे बेला नेपालमा भने पुरानै हवाइभाडा कायम गरिएकाे थियाे ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।