अभिनेत्री निता ढुंगानाको आज जन्मदिन, कति वर्ष पुगिन् ?

रामेछाप खबर संवाददाता

काठमाडौँ, २९ भदौ।

लोकप्रिय नायिका निता ढुंगानाको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा नायिका ढुंगानालाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ । २०४८ साल भाद्र २९ गते सुर्खेतमा जन्मिएकी उनले आज २८ औ जन्मदिन मनाउदै छिन । छोटो समयमा नेपाली चलचित्र क्षेत्रमा आफ्नो अलग स्थान बनाउन सफल सुन्दरी निताले कोरोना कहरका कारण यो वर्ष घरमा नै आफ्नो जन्मदिन मनाउने तयारी गरेकी छिन् ।

नायिका निता ढुंगाना निकट भविष्यमा नै सिनेमा निमार्णमा हात हाल्दै छिन् । जसको घोषणा उनले अघिल्लो वर्षको जन्मदिनमा गरेको भएता पनि पछिल्ला दिनमा कोरोना कहरका कारण वातावरण प्रतिकुल बनिरहेको छ । पछिल्लो समयमा उनी भजन गायन तर्फ आकर्षित बनेकी छन । उनले केही समय अघि श्री गणेश भजन निकालिन भने हाल उनी श्रीमद भागवद गीताको धार्मिक वेव सिरिजमा जुटेकी

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।