पिएसजीको लगातार दोस्रो हार, नेमारसहित पाँच खेलाडीलाई रातो कार्ड

रामेछाप खबर संवाददाता

काठमाडौँ, २९ भदौ ।

फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनको फ्रेन्च लिग वानमा लगातार दोस्रो हार बेहोरेको छ । खेलको अन्त्यतिर निकै तनावपुर्ण बनेको खेलमा पीएसजी घरेलु मैदानमै मार्सेलीसँग १–० ले पराजित भएको हो ।

पार्क डि प्रिन्सेस स्टेडियममा आइतबार राति भएको खेलमा पीएसजीलाई पराजित गर्न मार्सेलीका फ्लोरिएन थोउभिनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ३१औं मिनेटमा डिमिट्री पाएटको पासमा गोल गरेका थिए ।

खेलको अन्त्यतिर दुई टोलीका खेलाडीहरु बीच झडप भएको थियो । पीएसजीका तीन तथा मार्सेलीका दुई खेलाडीले रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । जसमा पीएसजीका नेयमारसहित लेभिन कुरुजावा, लियोनार्डो पारेडेस तथा मार्सेका जोर्ड अमाभी र डारियो बेनेडेट्टोले रातो कार्ड पाए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।