पूर्वमन्त्री विष्ट एस्तो अ’वस्थामा फेला परे

रामेछाप खबर संवाददाता

काठमाडौँ ।

रातकी रानीसँग मस्त भएका तत्कालिन नेकपा माओवादीका प्रभावशाली नेता एवम पूर्वपर्यटन मन्त्री लोकेन्द्र विष्ट दुई वर्षमै पुनः चर्चामा आएका छन् । दाङको बिजौरीमा २ वर्ष अघि सुरु गरेको ड्रागन फल (रातकी रानी) रोपेर आम्दानी बढाउन थालेपछि उनी चर्चामा आएका हुन् । रुकुममा जन्मिएर त्यही क्षेत्रलाई राजनीतिक थलो बनाएका उनी कृषि कर्मथलो दाङलाई बनाएर काम गरिरहेका छन् । दुई पटक मन्त्री भइसकेका विष्ट मगर पछिल्लो समय राजनीतिबाट टाढा हुँदै व्यावसायिक कृषि पेसामा लागेका हुन् । सशस्त्र द्वन्द्वकालदेखि शान्तिपूर्ण राजनीतिक यात्रामा समेत निकै चर्चामा आईरहने विष्ट मगरले राजनीतिका कुराभन्दा व्यावसायिक कृषि प्रणालीका कुरा गर्न रुचाउँछन् । पूर्वमन्त्री विष्टमगरले करिब १५ वर्षको लामो अनुसन्धानबाट यो खेतीको सुरु गरेको बताए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।