अब २ हजार रूपैयाँमा पीसीआर परीक्षण गर्न सकिने

रामेछाप खबर संवाददाता

काठमाडौं, २८ भदौ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस परीक्षण शुल्क घटाएको छ । यो सँगै कोरोना संक्रमणको भएको शंका लागेका जो कोहिले सरकारले अनुमति दिएका सरकारी तथा अन्य निजि अस्पतालमा २ हजार तिरेर परीक्षण गर्न सक्ने भएका छन् ।

सरकारले कोरोना भाइरसको परीक्षण २ हजारमै गर्नेगरी व्यवस्था गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्र. डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा बताउनु भयो ।

यसअघि ४ हजार रुपैयाँमा पीसीआर टेष्ट गर्ने व्यवस्था थियो । सो भन्दा पहिले सुरुमा ५५०० तिरे पीसीआर परीक्षण गरिदै आएको थियो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।