आज कतिमा कारोबार हुदैछ सुनचाँदी

रामेछाप खबर संवाददाता

काठमाडौँ , २८ भदौ ।

साताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउमा आज पनि सोही मुल्य कायम भएको छ । तेजावी सुनको भाउमा पनि आइतबारको तुलनामा आज कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन आज तोलाको ९६ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै चाँदीको भाउ पनि आज कुनै परिवर्तन भएको छैन । आज चाँदी प्रति तोला एक हजार ३१० रुपैयाँमा कारोबार भैरहेको छ ।

महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार १३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार ७०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय २३ रुपैयाँ कायम गरेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।