लियोनल मेसीमाथि लगाइएको एक खेलको प्रतिबन्ध फुकुवा

रामेछाप खबर संवाददाता

काठमाडौँ, २७ भदौ ।
अर्जेन्टिनी राष्ट्रिय फुटबल टिमका कप्तान लियोनल मेसीमाथि लगाइएको एक खेलको प्रतिबन्ध हटेको छ । मेसीले अब अर्को महिना हुने विश्वकप छनोट खेल खेल्न पाउने भएका छन् ।

गत वर्षको कोपा अमेरिका फुटबल प्रतियोगितापछि मेसीलाई एक खेलको प्रतिबन्ध लगाइएको थियो । तर अर्जेन्टिनी फुटबल संघका अध्यक्ष क्लाउडियो तापियाले मेसीको प्रतिबन्ध हटेको र उनले कुनै खेल नगुमाउने बताएका छन् ।

कोपा अमेरिका फुटबलका बेला मेसीले चिलीविरुद्धको खेलमा रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । उक्त खेलपछि उनले दक्षिण अमेरिकी प्रमुखलाई भ्रष्टाचारको आरोप लागएका थिए । त्यसपछि उनलाई अर्जेन्टिनाबाट एक खेलको प्रतिबन्ध लगाएको थियो ।

अर्जेन्टिनाले विश्वकप छनोटअन्तर्गत अर्को महिना इक्‍वेडर र बोलिभियासँग खेल्दैछ । मेसीले अब इक्‍वेडरविरुद्ध खेल्न पाउनेछन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।