चिनिँया वैज्ञानिक लि-मेंग यान भन्छिन्, ‘कोरोना भाइरस चीनले नै निर्माण गरेको हो’

रामेछाप खबर संवाददाता

काठमाडौँ, २७ भदौ ।
चीनकी महिला भाइरोलजिस्ट लि-मेंग यानले कोरोना भाइरस मानव निर्मित रहेको आरोप लगाएकी छिन् । उनले कोरोना भाइरस मानव निर्मित रहेको र सो सम्बन्धि पर्याप्त प्रमाणहरु आफुसंग रहेको दाबी गरेकी छन् ।

लि- मेँगले कोरोना भाइरस चीनको वुहान राज्यको मासुपसलबाट आएको नभई कुनै ल्यावबाट उत्पति भएको बताएकी छिन् । कोरोना भाइरसको अध्ययन गर्ने वैज्ञानिक मध्ये एक उनले कुनैपनि भाइरसको उत्पतिको विषयमा जानकार राख्ने मानिसले यो मानव निर्मित रहेको भन्ने पहिचान गर्न सक्ने बताएकी छिन् ।

उनले कोरोना भाइरस वुहानको मासु पसलबाट उत्पति नभएको भए कसरी उत्पत्ति भयो भन्ने प्रश्नमा, यो वुहानको कुनै ल्याबबाट उत्पत्ति भएको र यो प्राकृतिक नभएर मानव निर्मित भएको बताएकी छिन् ।

साथै उनले छिट्टै यो भाइरस मानव निर्मित भएको पुष्टि गर्ने समेत बताएकी छिन् । उनले चीन सरकारमाथि गम्भीर आरोप लगाउँदै भाइरसको विषयमा चीनले नै धेरै कुराहरु लुकाएको आरोप लगाएकी छिन् । चीनमै याे कुरा खुलासा गरेकाे भए अाफू मारिन सक्ने भन्दै उनले फक्स न्यूजसँगकाे एक अन्तर्वार्तामा ज्यान जाेगाउनकै लागि अमेरिकामा पसेर याे कुरा बाहिर ल्याएकाे बताएकी थिइन् ।

अमेरिकादेखि युरोपका कैयौं देशहरुले समेत यो खतरनाक भाइरसको उत्पत्तिलाई लिएर चीनलाई नै जिम्मेवार ठान्दै आएका छन् । (एजेन्सीको सहयोगमा)

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।