न घर रह्यो, न परिवार

रामेछाप खबर संवाददाता

काठमाडौँ, २२ भदौ ।
बाढीपहिरोमा आमा, बुबा र भाइ गुमाएकी १५ वर्षीया सुस्मिता विक भुजीखोलाको छेउमा बसेर एकोहोरो टोलाउँछिन् । बाढीपहिरोले बगाएको घरको भग्नावशेष हेरेर विरक्त मान्छिन् । आमा र भाइलाई ढुंगा र माटोले कता दबाएको छ, पत्तो छैन । ४२ वर्षका बुबा करबहादुरको शव भने भेटिएको छ । बुधबारको बाढीपहिरोले न उनको घर बाँकी राख्यो, न अभिभावक ।

ढोरपाटन नगरपालिका–९ मा भुजीखोलामा पहिरो आएको दिन उनी साथीको घरमा गएकी थिइन् । बिहीबार बिहान घर फर्कंदा पहिरोको थुप्रोबाहेक केही थिएन । ज्ञानोदय मावि बोबाङमा १० कक्षामा पढ्ने उनी एक्लो भएकी छन् । विद्यालयका प्रधानाध्यापक यामबहादुर कायतका अनुसार आमा र भाइको शव भेटिने आशामा उनी तीन दिनदेखि पहिरो छेउमै बसेर टोलाइरहन्छिन् ।

‘आफैं सम्हालिन सकेकी छैन, भाइबहिनी पनि उस्तै पीडामा छन्, कसरी सम्झाउने ?’ उनले रुँदै भनिन्, ‘कान्छाबाबु र कान्छी आमा पनि भेटिनुभएको छैन ।’

रात परेपछि छिमेकीले बोलाएर राख्छन् । कायतको घरमा डेरा लिएर उनी र भाइ मदन सँगै पढ्न बसेका थिए । कोरोना कहरले विद्यालय बन्द भएपछि दुवै जना घर फर्किएका थिए । ‘मेरो घरमा डेरा लिएर बस्दा पनि डराउँथे, छोराछोरी सँगै मिलेर बस्थे,’ कायतले भने, ‘अहिले उनीहरू रातभर निदाउन सकेका छैनन् ।’ सुस्मिताको बिचल्ली सम्झेर आफ्ना छोराछोरी पनि चिन्तित भएको उनले बताए ।

सुस्मिताका काका हेमबहादुर र काकीलाई पनि पहिरोले बगायो । हेमबहादुरका एक छोरा र एक छोरी जीवित छन् । छोरा आशिष र उनकी बहिनीको पनि आँखा अझै ओभाएको छैन । बुबाआमा नभएकाले उनीहरूलाई समेत सम्झाउने जिम्मा सुस्मिताको भएको छ । ‘आफैं सम्हालिन सकेकी छैन, भाइबहिनी पनि उस्तै पीडामा छन्, कसरी सम्झाउने ?’ उनले रुँदै भनिन्, ‘कान्छाबाबु र कान्छी आमा पनि भेटिनुभएको छैन ।’ पहिरोले बगाएकाले जीवितै भेटिने आस सबैले मारिसकेका छन् ।

पहिरोले डल्ले विकको घरका पाँचै जनालाई बगाएको छ । उनीहरू अहिलेसम्म भेटिएका छैनन् । केसमाया विकको मृत्यु भएको छ । उनका दुई छोरी सुकमाया र आसमाया जीवित छन् । उनीहरू जेठो बुबा वीरभक्तको घरमा आश्रय लिएर बसेका छन् । वडा ८ का अध्यक्ष नन्दै सुनारका अनुसार बालबालिका मात्रै भएका परिवारका शव आफन्तले बुझेर दाहसंस्कार गरेका छन् ।

‘उनीहरूका लागि अभिभावकको खाँचो छ, आफैं आँटेर घर बनाउन सक्ने केही मात्रै छन्,’ नगरप्रमुख देवकुमार नेपालीले भने, ‘नगरले पनि अगुवाइ गरेर उनीहरूको अभिभावकत्व लिनेछ ।’

जिल्ला प्रहरी कार्यालयका डीएसपी राजेन्द्र रेग्मीले अहिलेसम्म सनाखत भएका १४ शव आफन्तले बुझेको बताए । ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीका अनुसार बाढीपहिरोले यहाँका ८० घर पूर्ण रूपमा बगाएको छ । १६ जनाको मृत्यु भएको घटनामा २२ बेपत्ता छन् ।

यसैबीच, गण्डकी प्रदेश सरकारले मृतकका परिवारलाई एक–एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । गृहमन्त्री रामबहादुर थापाले प्रतिपरिवार ३ लाख दिने आश्वासन दिएर फर्केका छन् । तर घर गुमाएकाले कसरी बनाउने भन्ने अन्योल छ । ‘उनीहरूका लागि अभिभावकको खाँचो छ, आफैं आँटेर घर बनाउन सक्ने केही मात्रै छन्,’ नगरप्रमुख देवकुमार नेपालीले भने, ‘नगरले पनि अगुवाइ गरेर उनीहरूको अभिभावकत्व लिनेछ ।’

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।