परवलका फाइदै फाइदा : खाना स्वादिष्ट हुनेदेखि अनेकौं रोगको औषधीय गुण

रामेछाप खबर संवाददाता

काठमाडौं २१ भदौ ।
परवल एक यस्तो शब्जी हो, जुन नेपाल लगायत विभिन्न देशमा पनि अत्याधिक मानिसले मन पराउने गर्दछन् । परवलमा भिटामिन ए, बि १, र सी जस्ता विभिन्न खनिजतत्व भरपुर मात्रामा पाइन्छ। यिनै तत्वले गर्दा स्वादले भरिपुर्ण परवल स्वस्थ्यका दृष्टीकोणले पनि निकै नै फाइदाजनक छ। सामान्यतया परवल दुई प्रकारका पाइन्छ, मिठो परवल र तितो परवल । मिठो परवलको प्रयोग खानाका लागि गरिन्छ भने तितो परवलको प्रयोग विभिन्न औषधि बनाउनका लागि गरिन्छ।

परवलका औषधीय फाइदाहरु

दिनभरी कम्प्युटरमा काम गर्ने मानिस प्राय: टाउको दुख्ने समस्याले ग्रस्त हुने गर्छन् । परवलको जरा पिसेर टाउकोमा लगाएमा टाउको दुख्ने समस्या कम हुन्छ ।

यदि आँखामा समस्या भएमा परवल घिउमा पकाई सेवन गरेमा आँखाका विभिन्न समस्याहरुबाट राहत मिल्छ।

परवलको पत्ताको जुस बनाइ सेवन गरेमा मधुमेह र शरीर सुन्निने जस्ता समस्या पनि कम हुने गर्दछ।

परवल, त्रिफला र नीम समान मात्रामा मिलाई काँडा पानी बनाएर पिउँदा पेटमा भएको जलन तथा एसिडिटिबाट आराम मिल्ने गर्दछ।

परवलमा मुलेठी, सेतो चन्दन र यार्शागुम्भाको धुलो मिलाएर काँडा पानी बनाउँदा जन्डिस देखि यौन जन्य समस्या पनि निर्मुल हुने गर्दछा।

मदिरा तथा अन्य चिजबाट अत्याधिक नशा भएको छ भने यसलाई कम गर्न परवल निकै लाभदायक हुन्छ। यस्तो अवस्थामा परवलको जुसलाई कागती मिलाई जौबाट बनेका कुनैपनि परिकारसँग खाएमा नशा कम तथा ह्यङओबर कम हुने गर्दछ।

परवलको पात र धानियाँको पात समान रुपमा मिलाई काँडा पानी बनाई सेवन गरेमा ज्वरो वा शरीरको तापक्रम घट्ने गर्दछ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।