बलिउड अभिनेता अर्जुन कपूरलाई कोरोना संक्रमण

रामेछाप खबर संवाददाता

एजेन्सी, २१ भदौ ।
बलिउड अभिनेता अर्जुन कपूरमा कोरोना भाइरसको संक्रमण देखिएको छअर्जुनले इन्स्टाग्राममा एक पोस्टमार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन् । उनमा कुनै लक्षण भने नदेखिएको जनाइएको छ। उनी हाल घरमा क्वारेन्टाइनमा रहेको बताइएको छ। एक इन्स्टग्राम पोस्टमा उनले लेखेका छन्, ‘तपाई सबैलाई बताउनु मेरो कर्तव्य हो कि मेरो कोरोना भाइरसको टेस्ट पोजेटिभ आएको छ। म राम्रो महसुस गरिरहेको छु।’

चिकित्सकहरु र प्रशासनको सल्लाह अनुसार अर्जुन घरमा अलग बसिरहेका छन् । उनले सबैको सहयोगका लागि अग्रिम धन्यवाद दिएका छन् । आउने दिनहरुमा आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिने उनले बताएका छन् ।

अर्जुनले भनेका छन्, ‘हामी असाधारण र अभूतपूर्व समयमा बाँचिरहेका छौं र मलाई आशा छ कि मानवताले यस भाइरसलाई जित्न सक्छ।’

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।