सुनको मुल्यमा भारी गिरावट, कतीमा हुदै छ कारोवार ?

रामेछाप खबर संवाददाता

काठमाडौ , २१ भदौ ।

आइतबार पनि सुनको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सयले घटेर प्रतितोला ९६ हजार एक सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको ९६ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ६ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आइतबार चाँदीको मुल्य भने सामान्य वृद्धि भएको छ । आइतबार चाँदीको मुल्यमा चाँदी तोलामा १० रुपियाँले बढेर १ हजार ३२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस कुन देशको कति पुग्यो

नेपाल राष्ट्र बैङ्कले भाद्र २१ गतेका लागी विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । राष्ट्र बैङ्कले आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरको खरिद दर ११६.२९ रुपैयाँ तोकेको छ भने बिक्री दर ११६.८९ रुपैयाँ रहेको छ ।

बेलायतको पाउन्ड स्टर्लिङको खरिद दर १५६.४० रुपैयाँ र बिक्री दर १५७।२० रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद दर १३९.२३ रुपैयाँ रहेको छ भने बिक्रीदर १३९.९५ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलरको खरिद दर ८५.८१ रुपैयाँ रहँदा बिक्री दर ८६.२५ रहेको छ । मलेसियाको रिंगिटको खरिद दर २८.०७ रुपैयाँ रहेको छ भने बिक्रीदर २८.२२ रुपैयाँ रहेको छ । साउदीको रियालको खरिद दर ३१.०१ रुपैयाँ रहेको छ भने बिक्रीदर ३१.१७ रुपैयाँ रहेको छ ।