९० भन्दा बढि मुलुकका लागि कोरोना भ्याक्सिन बितरणको नेतृत्व युनिसेफले गर्ने

रामेछाप खबर संवाददाता

काठमाडौं, २० भदौ ।
बिकासोन्मुख मुलुकरुका लागि कोरोना भाइरसको भ्याक्सिन खरिद, बिक्रि तथा बितरणमा युनिसेफले सहयोग गर्ने भएको छ ।

बिश्वको गरिब तथा बिकासोन्मुख मुलुकहरुमा पनि कोरोना भाइरसबिरूद्धको भ्याक्सिन समान रूपमा बितरण होस भन्ने उदेश्यले गाभीको कार्यक्रम अन्तर्गत भ्याक्सिन बितरणका लागि सम्पूर्ण जिम्मा युनिसेफलाई दिइएको हो । हालसम्म कोरोना भमइरसको भ्याक्सिन पूर्ण रुपमा कुनैपनि मुलुकले बिकास भने गर्न सकिरहेका छैनन् । यद्यपि आगामी समयमा बने उत्पादक तथा साझेदार मुलुकका कम्पनीहरुसँग युनिसेफले सहकार्य गर्नेछ ।

भ्याक्सिन खरिद, ढुवानी, बन्दोबस्ती तथा भण्डारणको समेत नेतृत्व गर्ने युनिसेफले एक बिज्ञप्ति जारी गदै जानकार दिएको छ ।

युनिसेफले मध्यम आय भएका ९० बढि देशका लागि (पिएएचओ) कोषसँगको सहकार्यमा खोप किनेर आपूर्ति गर्ने बिज्ञप्तिमा जनाएको छ । त्यस्तै अन्य उच्च आय भएका ८० मुलुकहरुले भने सरकारी बजेट मार्फत भ्याक्सिुन खरिद गर्ने भएका छन् । यो भभियानलाई ‘कोभ्याक्स फ्यासिलिटी’ नाम दिइएको छ ।

८० मुलुकले आफनै सरकारी बजेट मार्फत कोभ्याक्समा सहभागिता जनाएपनि युनिसेफले संयोजकको भूमिका निर्वाह गर्ने जनाइएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।