प्रियंका कार्कीलाई फ्यानले आमा बन्न लागेको हो, भन्ने प्रश्नमा दिइन् यस्तो उत्तर

रामेछाप खबर संवाददाता

काठमाडौं ।

लोकप्रिय नायिका प्रियंका कार्कीले आँफु आमा बन्न नलागेको स्पष्ट पारेकी छिन् ।

फ्यानले सोधेका प्रश्नको उत्तर दिँदै नायिका कार्कीले आँफु गर्भवती नभएको स्पष्ट पारेकी हुन् ।प्रियंकालाई उनका फ्यानहरुले आमा बन्न लागेको हो रु भन्ने प्रश्नमा भिडियो मार्फत उत्तर दिँदै प्रियंकाले उत्तर दिए लगत्तै फ्यानले नायक आयुष्मान देशराज जोशीसँग कसरी प्रेम भयो ? भनेर सोधेको प्रश्नमा पनि उनले कुनै योजना बिना नै यत्तिकै माया बसेको भन्ने प्रतिक्रिया दिएकी छिन् ।भिडियोमा उनले भनेकी छिन् ‘हामीले एकअर्कालाई प्रेम गर्ने भनेका पनि थिएनौं, बरु आयुष्मानले मलाई स्न्यापच्याटमा जिस्काउँथे उनले भनिन् ।

सोही प्रश्नको उत्तर दिँदै प्रियंका अगाडी थप्छिन् हामी प्रेममा पर्छौं भनेर प्रेममा परेनौं,’ प्रियंकाले भनिन्, ‘यो यत्तिकै भयो ।’ कलाकारद्वय आयुष्मान देशराज जोशी र प्रियंका कार्कीले गत वर्षको फागुनमा धुमधामसँग विबाह गरेका थिए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।