कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

रामेछाप खबर संवाददाता

काठमाडौँ, १९ भदौ ।

नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । मृतकमध्ये ४ जना महिला र १० जना पुरुष छन् ।
मृत्यु हुनेहरुमा काठमाडौंका ३ जना रहेका छन्, भने सप्तरीका २ जना छन् । त्यसैगरी चितवन, धनुषा, कास्की, नवलपरासी, प्यूठान, रुपन्देही, पाल्पा र सुर्खेतका एक/एक जना छन् ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २७१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५४ सहित देशभर थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४६४ र पुरुष ८९५ रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ३५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कुल निको हुनेको संख्या २५,५६१ पुगेको छ स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।