बिहान खाली पेटमा नगरौं एक्सरसाइज,यस्तो सम्मको रोग लाग्न सक्छ

रामेछाप खबर संवाददाता

काठमाडौँ , १९ भदौ ।
शरीर लाई तन्दुरुस्त बनाउनुपर्छ भनेर बिहान उठ्नेबित्तिकै एक्सरसाइज गर्ने बानी धेरैको हुन्छ । यसले दोहोरो असर गर्छ एक त चाहे जति एक्सरसाइज नगरी ज्यान थाक्छ, अर्को पेट पूरै खाली हुने भएकाले पछि धेरै खाना खाइन्छ । यसले ज्यान दुब्लाउनुको सट्टा मोटोपन ल्याइदिन्छ । तर तपाइँ योग अभ्यास गर्दै हुनुहुन्छ भने चाँही खाली पेटमै गर्नुपर्छ । तर योगासन बाहेकका व्यायमअघि भने केही खानु नै राम्रो मानिन्छ ।

१) व्यायाम गर्नु अघि एक गिलास तातो दूध खानुहोस् । पोष्टिक तत्वका साथै पेटलाई शान्त बनाएको महशसु हुन्छ ।

२) व्यायाम गर्नु अघि मौसम अनुसारको फलफूल खादा एक्सरसाइज गर्नका लागि शक्ति प्राप्त हुन्छ ।

३) व्यायाम गर्नु अघि जौको सातु दुधसँग घोलेर खाने हो भने धेरै लाभदायी हुनुका साथै जौको सातुमा धेरै कार्बोहाइड्रेड्स हुन्छ र यसले शक्ति प्रदान गर्छ।

४ ) बिहान व्यायाम गर्नु अघिकेरा खानाले शरीरमा तुरुन्तै शक्ति प्राप्त हुनुका साथै केरामा छिट्टै पच्ने खालको कार्बोहाइड्रेट्स पाइन्छ र जुन व्यायाम गर्ने समयका लागि उत्तम मानिन्छ ।

५ )दहीमा अमिनो एसिडको मात्रा अत्यधिक हुने भएकाले दहीले शरीरको मांसपेशीलाई तन्दुरुस्त राख्न मद्दत गर्छ ।यसमा पाइने प्रोटिन र कार्बोहाइड्रेट्सको मात्रले व्यायामका वेला चाहिने ऊर्जा शरीरलाई उपलब्ध गराउँछ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।