नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लाग्दै ।

रामेछाप खबर संवाददाता

काठमाडौँ, १९ भदौ ।
नेपाली बजारमा केहिदिन देखी सुनको मूल्य निरन्तर ओरालो लाग्दै आएको छ । बजारमा आज पनि सुनको मूल्य तोलामा एक सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ९ सय निर्धारण गरिएको छ ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय थियो भने तेजावी सुनको मूल्य ९६ हजार रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १३१० रहेको महासंघले जनाएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।