राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष गौतमलाई पठाउने नेकपाको निर्णय

रामेछाप खबर संवाददाता

काठमाडौ , १८ भदौ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभाको रिक्त पदमा उपाध्यक्ष बामदेव गौतमलाई नियुक्त गर्ने भएको छ। बिहीबार बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णयलाई कार्यान्वयनमा लैजाने भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

“उपाध्यक्ष गौतमलाई राष्ट्रपतिबाट मनोनितका लागि सरकारका तर्फबाट सिफारिस गरिने छ,’ ओलीको भनाइ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भने। राष्ट्रियसभामा अर्थमन्त्री युवराज खतिवडालाई नियुक्त गर्ने वा उपाध्यक्ष गौतमलाई भन्ने मतभेद रहेको थियो। सचिवालयका बहुमत सदस्यले पार्टीको निर्णय कार्यान्वयन गर्न ओलीलाई दबाब दिएपछि गौतमलाई मनोनयनका लागि सिफारिस गर्ने निर्णयमा ओली पुगेका हुन्।

गत फागुन १४ गते बसेको नेकपा सचिवालयको बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो। तर ६ महिनासम्म पनि उनको मनोनयनको सिफारिस सरकारबाट हुन सकेको थिएन।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।