सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्यो

रामेछाप खबर संवाददाता

काठमाडौँ, १८ भदौ ।
सुनको मूल्य बिहीबार पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार २ सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुनको मूल्य तोलामा ९६ हजार ७ सय रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।