सुनको मुल्यमा अपत्यारिलो गिरावट :हेर्नुहोस् कती घट्यो

रामेछाप खबर संवाददाता

काठमाडौँ, १७ भदौ ।
आज सुनको मुल्यमा गिरावट आएको छ । हिजो मंगलबारको तुलनामा सुनको मुल्य तोलामा १२ सय रुपैंयाले घटेर आज ९७ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मंगलबारको दिन सुनको मुल्य ९८ हजार ४ सयमा कारोबार भएको थियो । आज तेजावी सुनको मुल्य ९६ हजार ७ सय मा कारोबार भएको छ । हिजो तेजावी सुनको मुल्य ९७ हजार ९ सय मा कारोबार भएको थियो ।

सुनको मुल्य तोलामा १२ सय ले गिरावट आउँदा चाँदीको मुल्य भने ३० रुपैंयाले घटेर १३ सय ६५ मा कारोबार भैरहेको महासङ्घले जनाएको छ । मंगलबारको दिन चाँदीको मुल्य प्रतितोला १३ सय ९५ मा कारोबार भएको थियो