किन परेनन् रुट इंग्ल्याण्डको टी-२० टिममा?

रामेछाप खबर संवाददाता

काठमाडौं, १६ भदौ ।

इंग्लयाण्ड टेष्ट टिमका कप्तान जो रुट अष्ट्रेलियाविरुद्ध तीन खेलको टी-२०आई सिरिजका लागि टिममा पर्न असफल भएका छन् ।
अष्ट्रेलियाविरुद्ध हुने तीन खेलको ओडिआई सिरिजका लागि टिममा परेका रुट तीन खेलकै टी-२० सिरिजका लागि भने परेनन् ।
इओन मोर्गनको कप्तानीमा ओडिआईको लागि १३ र टी-२०का लागि १४ सदस्यीय इंग्लिस टोली घोषणा भएको छ ।

रुटसँगै अलराउण्डर क्रिस वोक्स पनि ओडिआई टिममा मात्र छन् । जोस बटलबर जोफ्रा बर्चर साम कुरन मार्क उड भने दुवै टोलीमा छन् ।
बेन स्टोक्स भने टिममा छैनन् । आफ्नो बुबा बिरामी भएका कारण पाकिस्तानविरुद्धको अन्तिम दुई टेष्ट गुमाएका स्टोक्स बिरामी बुबा भेट्न न्यूजिल्याण्ड गएका छन् ।

तीन खेलको टी-२० सिरिज सेप्टेम्बर ३ देखि सुरु हुँदैछ । ओडिआई सिरिज सेप्टेम्बर ११ देखि सुरु हुनेछ ।

टी-२० टिम : इओन मोर्गन (कप्तान) मोइन अली, जोफ्रा आर्चर, जोनी बेयर्‍स्टोव, टम ब्यान्टन, साम बिलिङ्स, जोस बटलर, साम कुरन, टम कुरन, जोए डेन्ली, क्रिस जोर्डन, डेविड मालान, एदिल रसिद, मार्क उड

ओडिआई टिम : इओन मोर्गन (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जोनी बेयर्‍स्टोव, टम ब्यान्टन, साम बिलिङ्स, जोस बटलर, साम कुरन, टम कुरन, जोए रुट, क्रिस वोक्स, एदिल रसिद, मार्क उड