बामदेव गौतमले, मोडलिङ गरेको भिडियो सार्वजनिक

रामेछाप खबर संवाददाता

काठमाडौं, १२ भदौ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमको रचना रहेको ‘यो मुक्त भूमि, यो बुद्ध भूमि’ बोलको म्युजिक भिडियो युट्यूव मार्फत सार्वजनिक भएको छ ।

शम्भूजित बाँस्कोटाको संगित रहेको गीतमा गौतम आँफैले मोडलिङ गर्नुभएको छ ।

गीतमा रोशन गुरुङ र माण्डवी त्रिपाठीको मूल स्वर रहेको छ । देशभक्तिले भरिएको गीतको एरेन्ज मनोहर सुनमले गरेका छन् । भिडियो निर्देशन भने जीवन थापाले गरेका छन् ।

भिडियोमा नेपालका प्रकृतिक सम्पदाहरुको साथै मन्दीरहरु देखाउँदै नेपालप्रतिको स्नेह प्रकट गरिएको छ ।