महामारीको खतरा र आँधीबेहरीको लागि तयारी गर्न आग्रह: किम जोङ

रामेछाप खबर संवाददाता

एजेन्सी, १० भदौ ।
उत्तर कोरिएका नेता किम जोङ –उनले देशका अधिकारीहरुलाई कोरोना महामारीको खतरा र यस हप्ता आउने आँधीबेहरीको तयारी गर्न आग्रह गरेका छन्।उत्तर कोरियामा अहिलेसम्म कोरोना संक्रमणको एउटा पनि केसको पुष्टि भएको छैन । यदि महामारी फैलियो भने उत्तर कोरियामा गम्भीर असर पार्न सक्ने जनाइएको छ। त्यहाँको स्वास्थ्य प्रणाली कमजोर हुँदै गएको बताइएको छ ।

मंगलबार एक बैठकमा चुरोट पिउदै किमले सरकारले यस भाइरसलाई टाढा राख्न आफ्नो प्रयासमा केही कमजोरीहरू रहेको बताए । उत्तर कोरियाली मिडियाले यो खबर जारी गरेको छ, तर यसबारे थप जानकारी दिएको छैन।

उत्तर कोरियाले लामो समयदेखि त्यहाँ कसैलाई पनि कोरोना संक्रमण नभएको दावी गरिरहेको छ । तर उक्त दाबीहरूमा प्रश्न उठ्न थालेको छ। विगत केही हप्तादेखि न त त्यहाँबाट कुनै घटना आएको खबर आएको छ न मिडियामा त्यस्तो कुनै दाबी आएको छ कि त्यहाँ कुनै प्रकारको संक्रमण भएको छैन भन्नेबारे।

यद्यपि केही समय अघि दक्षिण कोरियाको छेउछाउको क्षेत्रमा संदिग्ध घटना पत्ता लागेको थियो, तर आधिकारिक रूपमा यस बारे केही बताइएको छैन । यसैबीच तूफान यस हप्ता उत्तर कोरियामा पुग्ने सम्भावना छ।