राजेश हमालले चलचित्र प्राविधिकहरुलाई ५ लाख सहयोग गर्ने

रामेछाप खबर संवाददाता

काठमाडौं, ८ भदौ ।

महानायक राजेश हमालले कोरोना महामारीका कारण समस्यामा परेका चलचित्र प्राविधिकहरूलाई सहयोग गर्ने भएका छन् । काम गुमाएका र दैनिक गुजारा चलाउन कठिन भएका सय जना प्राविधिकहरूलाई हमालले सहयोग गर्ने भएका हुन् ।

आधिकारिक रूपमा घोषणा नगरिए पनि सय प्राविधिकलाई प्रतिव्यक्ति ५ हजारका दरले कुल ५ लाख सहयोग गर्ने स्रोतले जनाएको छ । सहयोग रकम क–कसलाई कसरी प्रदान गर्ने भन्ने बारे प्राविधिक सङ्घका प्रतिनिधिसँग छलफल भइसकेको जनाईएको छ ।

पहिलो चरणमा यो सहयोग गरेपछि अर्को चरणमा छलफल गर्न सकिने बताएको छ । स्रोतका अनुसार चलचित्र प्राविधिक सङ्घका तर्फबाट भने हमाललाई सहयोग रकम बढाउन आग्रह गरिएको जनाईएको छ ।

कोराेनाका बिरामी भएका भन्दा अन्य अस्पतालमा जोखिम बढी

कोभिड-१९ का बिरामी राखिएका भन्दा अन्य अस्पतालमा कोरोनाको जोखिम बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ‘कोभिड’ अस्पताल भन्दा ‘नन-कोभिड’ अस्पतालमा जोखिम बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमको भनाइ छ।

काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढ्दै जाँदा ‘नन कोभिड’ अस्पतालमा जोखिम बढेको उनको भनाइ छ। ‘कोभिड-१९ पोजिटिभ बिरामी भर्ना भएका अस्पतालमा भन्दा अन्य जनरल अस्पतालमा कार्यरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीमा कोभिड-१९ संक्रमण बढी भएको पाइएको छ’, प्रवक्ता गौतमले भने।

कोरोना जोखिमबाट बच्न नेपाल चिकित्सा परिषद् र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको मापदण्ड अनुसार काम गर्न प्रवक्ता गौतमले सबै स्वास्थ्यकर्मीलाई अनुरोध गरेका छन्।

चिकित्सकले मापदण्ड अनुसारको स्वास्थ्य सुरक्षा सामग्री नपाएको भए मन्त्रालयले उपलब्ध गराउने प्रतिवद्धतासमेत उनले जनाएका छन्। प्रवक्ता गौतमले जनरल अस्पतालको ओपीडी र वार्डमा काम गर्ने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई अनिवार्य रुपमा सुरक्षा सामग्री उपलब्ध गराउन सम्बन्धित अस्पतालका निर्देशक र सुपरिटेन्डेन्टलाई निर्देशन दिएका छन्।, याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।