आजको राशिफल : भदौ ६ गते शनिबार

रामेछाप खबर संवाददाता


वि.सं.२०७७ साल भाद्र ०६ गते । शनिबार । ईश्वी सन् २०२० अगष्ट २२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–चतुर्थी,४५ घडी १६ पला,बेलुकी ११ बजेर ४४ मिनेट उप्रान्त पंचमी । नक्षत्र–हस्त,४५ घडी १३ पला,बेलुकी ११ बजेर ४३ मिनेट उप्रान्त चित्रा । योग–साध्य,२४ घडी १४ पला,दिउसो ०३ बजेर २० मिनेट उप्रान्त शुभ । करण–वणिज,दिउसो १२ बजेर ५७ मिनेट उप्रान्त भद्रा,बेलुकी २३ बजेर ४४ मिनेट उप्रान्त बव । आनन्दादिमा–मृत्य योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय ०५ बजेर ३८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३३ मिनेट । दिनमान ३२ घडी १७ पला । चन्द्रदर्शन दोष । गणेश चतुर्थी व्रत ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जीवनशैली व्यस्त रहेपनि आर्थिक पक्ष कमजोर रहनेछ । कुनैपनि विवादमा सामेल नहुनुहोला हुलमुलमा फस्ने तथा नराम्रा परिणामको सामना गर्नु पर्नेछ । बिद्या तथा प्रतिष्पर्धामा अरुभन्दा पछि परिनेछ । माया प्रेममा चिसोपनको बिकास हुनेछ ध्यान दिनुहोला । आफन्त तथा मामा मावली पक्षसँग नजिक नहुनु तथा आजको दिन सँगै काम नगर्नुनै राम्रो रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आमा,आफन्त तथा सहयोगीबाट भनेजस्तो सपोर्ट पाईने हुँदा मन प्रशन्न रहनेछ । घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ । समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रो आम्दानL हुनेछ । जीवन साथिले हर क्षेत्रमा सहयोग गर्ने तथा माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । अध्ययनमा अलि बढी समय दिन सक्दा प्रगति गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। आफन्त तथा दाजुभाईबाट सहयोग पाईने छैन भने बिवाद बढ्ने योग रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) परिवार तथा नजिकका मानिसबाट तपाईको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानि गर्दापनि सकारात्मक नतिजा हात लागि हुने योग रहेकोछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउदा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) विदेशबाट सञ्चालित सस्था,एनजिओ तथा आईएनजिओमा काम पाउने प्रवल सम्भावना रहेकोछ । बिदेसमा बसेर पेशा व्यावसाय गर्ने तथा अध्ययन गर्नेहरुका लागि दिन फलदायि रहनेछ । खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् । अग्रज आफन्त तथा साथिभाईका साथ रमाईलो गर्दै दिनलाई कटाउन सकिनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ–नयाँ कामको प्रस्ताब आउनेछ भने नोकरिमा पदोन्नति हुनेछ । बिभिन्न ठाउँबाट कामका प्रस्तावहरु आउनेछन् भने प्रसस्त रुपैया पैसा कमाउने योग रहेको छ । सत्रु तथा प्रतिश्पर्धिहरु परास्त हुँनेछन् भने बिद्या तथा प्रतिश्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यावसायमा लगानि गरि भने जस्तो नाँफा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने साथिभाई सँगको सम्बन्धमा बिश्वासको बाताबरण बन्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) जानकारीको अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होईनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यहि बेलामा व्यापार व्यावसायमा मन्दि आउनेछ । आम्दानि भन्दा खर्च अधिक हुने हुनाले रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजादा हरुभन्दा पछि परिनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला । सरकारि तथा प्रशासनिक कामहरु गर्दा ध्यान दिनुहोला दण्ड जरिवाना तिर्नुपर्ने हुँन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नसोचेको धन तथा सम्पति हात लागि हुनेछ भने चिट्ठा प्राप्तीको गतिलो योग रहेकोछ । आफन्त तथा दिदि बहिनिबाट सहयोग तथा समर्थन पाईनेछ । सुभचिन्तकको सुझाबलाई शिरोधार्य गर्दै अगाढि सके फाईदा हुनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरु राख्न सकिनेछ । प्रयत्न गर्दा पदिय जिम्मेवारि प्राप्त हुनेछ । व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने कर्म फल प्राप्त हुनाले मन प्रशन्न हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफ्नै बलबुताले व्यापार व्यावसायमा लागनि गरिन मनग्गे धन सम्पति संग्रह गर्न सकिनेछ । बिगतका कमजोरिहरुलाई सुधार गर्दै सफलताको मार्गमा पढाई बढ्न सकिनेछ । लेखाईमा भनेजस्तो सफलता हात पार्न सकिने हुदा आफन्त तथा साभिभाईहरुबाट बधाईको ओईरो आउनेछ । भौतक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशी बस्तुको उपयोग मार्फत अरुको मन आफुनिर तान्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।