नेपालमा आज मात्र कोरोनाबाट ८ जनाको मृत्यु

रामेछाप खबर संवाददाता

काठमाडौँ , २८ साउन ।

बुधबार मात्रै नेपालमा ८ जनाको कोरोनाको कारण ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार वितेको २४ घन्टामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट निधन हुने व्यक्तिको संख्या ९१ पुगेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ सय ३८ सहित देशभर ४ सय ८४ नयाँ संक्रमित भेटिएका छन् ।

१० हजार ४ सय ८१ नमूना परिक्षण गर्दा काठमाडौं जिल्लामा १ सय ९ जना ललितपुर जिल्लमा २१ जना, भक्तपुर जिल्लामा ८ जना र बाँकी अन्य जिल्लामा गरी ४ सय ८४ संक्रमित फेला परेका छन् ।

आज ६४ जनाले मात्र कोरोना संक्रमणमुक्त भएका छन् । यसरी कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ ।

बुटवल उपमहानगर साउन २९ गते देखि भदौ ५ सम्म लकडाउन

कोरोना भाइरसको संक्रमण बढ्दाे भएपछि बुटवल उपमहानगरपालिकाले लकडाउनको घोषणा गरेको छ ।

भदौ ५ गतेसम्म लकडाउनकै बीचमा सबै कोरोना संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने बताउँदै नगरप्रमुख सुवेदीले त्यतिबेलासम्म नसकिए लकडाउनको अवधी थप गर्ने बताए ।

लकडाउन अवधिमा अत्यावश्यकीय सेवाका स्वाथ्य क्षेत्र, खाद्यान्न, दुग्ध तथा तरकारी सञ्चालनमा आउन दिइने भएको छ ।

केही दिन यता बुटवल उपमहानगर क्षेत्रमा कोरोना भाइरसका संक्रमितहरु थपिँदै गएका छन् । हालसम्म उपमहानगर क्षेत्रमा ४९ जना संक्रमितहरु भेटिएका छन् । जसमध्ये ३४ जना विभिन्न आइसोलेसन केन्द्रमा उपचार गराइरहेका छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।