अनमोल र उपासनामा देखिएन कोरोना

रामेछाप खबर संवाददाता

काठमाडौँ , २६ साउन ।

कलाकार अनमोल केसी र उपासना सिंह ठकुरीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

यमाहा कम्पनीमा काम गर्ने एक महिलामा कोरोनाको संक्रमण भएको पुष्टि भएपछि अनमोल र उपासनाको पनि स्वाब परीक्षण गरिएको थियो ।

केही दिनअघि विज्ञापनको छायांकनका यी दुई यामाहा कम्पनीमा पुगेका थिए । कन्ट्याक ट्रेसिङका आधारमा अनमोल र उपासनाको पनि स्वाब संकलन गरिएको थियो ।

अनमोल र उपासना दुवैको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको हो । नेपालमा रहेका कुनै पनि कलाकारलाई हालसम्म कोरोना भाइरस संक्रमण भएको छैन ।

कोरोना महामारी बढेका कारण सतर्क रहन महानगरको आग्रह

चितवनमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि भरतपुर महानगर प्रमुख रेनु दाहालले उच्च मनोबलका साथ सुरक्षा सतर्कता अपनाउन नगरवासीलाई आग्रह गरेकी छिन् ।

उनले आज अपिल जारी गर्दै महानगर क्षेत्रमा पनि कोरोना सङ्क्रमण बढ्दै गइरहेकाले डराएर नभई उच्च मनोबलका साथ सुरक्षा सजगता अपनाएर मात्र मुक्ति पाउन सकिने उल्लेख गरेकी छिन् ।

कोरोनाबाट जोगिन जीवनशैलीलाई बदल्नु जरुरी रहेको जनाउँदै उनले शङ्कास्पद बिरामी तथा समुदायस्तरमा पिसिआर परीक्षण गर्ने, बिरामीको उपचार र आइसोलेसन व्यवस्थापनलाई तीव्रता दिइने जानकारी दिइन् ।

महानगरका वडा नं १, १०, १५ लगायतका मुख्य शहरी क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । बैंक, प्रहरीलगायत स्थानमा काम गर्ने पनि पछिल्लो दिन सङ्क्रमित भएका छन् । भरतपुर महानगरको अगुवाइमा कोरोना विशेष अस्थायी अस्पताल स्थापना गरिएको थियो । सो अस्पताल पछि भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ ।

महानगर प्रमुख दाहालले भरतपुर अस्पतालसहित महानगर क्षेत्रमा रहेका स्वास्थ्य सङ्घसंस्थासँग समन्वय गरी कोरोना नियन्त्रणमा जुट्न सबैमा अनुरोध समेत गरेकी छिन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।