फेरि घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

रामेछाप खबर संवाददाता

काठमाडौँ , २६ साउन ।

Gold bars


आइतबार ९ सय रुपैयाँले घटेर एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज पनि सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा २ सय रुपैयाँले गिरावट आई एक लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजाबी सुन एक लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । भने चाँदीको लूमयमा १५ रुपैयाँले गिरावट आई एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको बिस्तार र स्तरोन्नतिको लागि ४ अर्ब १३ करोड विनियोजन

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको बिस्तार तथा स्तरोन्नतिको लागि ४ अर्ब १३ करोड ८४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

नेपाल नागरिक उड्यान प्राधिकरणले चालु आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकोको लागि उक्त रकम छुट्याएको हो ।

प्राधिकरणले विमानस्थलको धावनमार्गको उत्तरतर्फ एप्रोन तथा प्यारालल ट्याक्सी वे निर्माणका लागि १ अर्ब ९१ करोड २३ लाख बजेट विनियोजन गरेको छ।

साथै विमानस्थलको धावनमार्गको दक्षिणतर्फ प्यारालल ट्याक्सी वे निर्माणका लागि १ अर्ब ४६ करोड १ लाख र टर्मिनल भवन विस्तार तथा स्तरोन्नतिका लागि ४० करोड विनियोजन गरिएको छ।

रिमोट पार्किङ वेमा लाइट जडानका लागि प्राधिकरणले ३ करोड र ब्यागेज ह्यान्डलिङ स्टिम जडानका लागि ५ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ।

त्यसैगरी बुटिक एयरपोर्टको बाँकी काम पूरा गर्नका लागि २८ करोड बजेट विनियोजन गरेको छ।