काठमाडौं उपत्यकामा आक्रामक बन्दै कोरोना : एकै दिनमा काठमाडौंका दुई जनाको मृत्यु

रामेछाप खबर संवाददाता

काठमाडौँ , २६ साउन ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण काठमाडौंका दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौं जिल्ला कामनपा १०, मध्य बानेश्वर बस्ने ७६ वर्षिय एक पुरुष को मिति २०७७ साउन २६ गते विहान १०ः१५ बजे मेडिकेयर अस्पतालमा निधन भएको छ । श्वास प्रश्वासमा कठिनाई तथा जिउ दुख्ने समस्या भई साउन २३ गते राती १०ः१५ बजे भेन्टीलेटरमा राखी आइ सियुमा उपचाररत रहेका छन्। निजमा निमोनिया, उच्चरक्तचाप तथा मधुमेहको समस्या रहेको थियो। निजको गत साउन २४ गते स्वाव संकलन गरी परिक्षण गर्दा आज साउन २६ गते कोरोना पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौं जिल्ला किर्तिपुर नपा ट्याङ्लाफाँट बस्ने ६४ वर्षिय एक पुरुषको मिति २०७७ साउन २६ गते विहान ५ः४२ वजे मेडिसिटी अस्पतालमा निधन भएको छ । मृगौलाका दीर्घरोगी निज मिति २०७७ आषाढ ३१ गते निमोनिया तथा सेप्टीक सक भई अस्पताल भर्ना हुनु भएको थियो । निजको गत साउन ५ गते कोरोना पुष्टी भएको ।

योसँगै हामीले काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण आक्रामक रुपले प्रश्तुत भएको सहजै अनुमान लगाउन सक्छौँ । गत साउन ७ गते लकडाउन खुलेसँगै कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गईरहेको छ । काठमाडौं उपत्यकामा अहिले कोरोनाको जोखिम बढेसँगै सटडाउन गरिएको छ । अत्यावश्यक काम बाहेकका अन्य कामहरु अहिलेका बन्द रहेका छन् ।

यसैबीच नेपालमा आज (सोमवार) थप ३३८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ७९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १४० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ४९३ पुगेको छ ।

नेपालमा हिजो (आईतवार) ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।