प्रतितोला ११ सयले बढ्यो सुन, बजारमूल्य कति ?

रामेछाप खबर संवाददाता

काठमाडौँ , २२ साउन ।

विश्वबजारमा नै निरन्तर बढिरहेको सुनचाँदीको मूल्यले नेपालमा दिनहुँ नयाँ रेकर्ड कायम गर्दै लगेको छ । बिहिबार नेपालमा सुनचाँदी दुबैको मूल्य वृद्धिपश्चात नयाँ रेकर्ड कायम भएको हो ।

आज नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला १ लाख २ हजारमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य आज प्रतितोला ५० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।