सुन तोलाको ५०० ले बढ्यो

रामेछाप खबर संवाददाता

काठमाडौं, ८ साउन ।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ६५ निर्धारण गरेको छ ।

बुधबार एकै दिन सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले बढेको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५६० तोकिएको थियो । यस्तै चाँदीको मूल्यपनि प्रतितोला रु १० ले वृद्धि भएर एक हजार १४५ पुगेको छ ।

सुनको मूल्यमा बुधबार बनेको रेकर्ड बिहिबार नै तोडिएको छ। सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेसँगै बुधबारको रेकर्ड तोडिएको हो।

बुधबार सुनको मूल्य हाल सम्मकै उच्च विन्दु प्रतितोला ९४ हजार पुगेकोमा बिहिबार छापावाल सुनको मूल्य ५ सय रुपैयाँले बढेर ९४ हजार ५ सय पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार तेजावी सुनको मूल्य ९४ हजार ६५ रुपैयाँ कायम भएको छ। यो अहिले सम्मकै महँगो मूल्य हो। बुधबार तेजावी सुनको मूल्य ९३ हजार ५ सय ६० रुपैयाँ थियो।

बिहिबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला १ हजार १ सय ४५ पुगेको छ। बुधबार १ हजार १ सय ३५ मा कारोबार भएको चाँदीको मूल्य १० रुपैंयाले बढेको हो।

पुरा भिडियो हेर्नुहोस्

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।