डा. बाबुराम भट्टराई बने हजूरबुबा

रामेछाप खबर संवाददाता

काठमाण्डौँ, २८ असार ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपा नेता डा. बाबुराम भट्टराई हजूरबुबा बनेका छन् । उनका एक मात्र सन्तान मानुषी यमी भट्टराई आमा बनेसँगै बाबुराम हजुरबुबा बनेका हुन् । आज असार २८ गते विहान १०:०५ बजे छोरी मानुषीलाई पुत्र लाभ भएको हो ।

आफु हजुरबुबा बनेको बारे डा. भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । उनले अहिले आमा र शिशु दुवैको स्वास्थ्य राम्रो रहेको बताएका छन् । छोरी मानुषीको तनहुँका जेकेन्द्र श्रेष्ठसँग २०७२ सालमा विवाह विवाह भएको थियो ।

डा। भट्टराईले खुशी हुँदै सामाजिक सञ्जालमा भनेका छन् – ‘बल्ल हजूरबा भैयो! छोरी मानुषी र ज्वाइँ जेकेन्द्रलाई आज असार २८ गते विहान १०.०५ बजे पुत्रलाभ भएको छ। आमा र शिशु दुवैको स्वास्थ्य राम्रो छ! टिचिंग अपरेसनमा सफल अपरेसनकालागि डा. गीता गुरूंग र सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद!’ –

तस्बिर – डा. बाबुराम भट्टराई

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।