आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

रामेछाप खबर संवाददाता

काठमाण्डौँ, २७ असार ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रू. १ ले बढाएको छ । निगमले बढाएको मूल्यपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रू. १०२ पर्नेछ ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रू. ८८ पर्ने भएको छ । बढेको मूल्य शुक्रवार राति १२ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ । खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत छ ।

पहिरोमा ज्यान गुमाउनेका परिवारलाई एक लाख र घाइतेको निःशुल्क उपचार गरिने

जिल्लाका विभिन्न स्थानमा गएको पहिरोमा परी ज्यान गुमाउनेकाको परिवारलाई जनही एक लाख रुपैयाँका दरले राहत दिइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले अविरल वर्षाका कारण कास्कीमा सात जनाको ज्यान गएकामा मृतकका परिवारलाई प्रति मृतक एक लाखको दरले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले मृतकका परिवारलार्ई प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड २०७४ अनुसार राहत उपलब्ध गराउने तथा घाइतेको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने एवं पीडित घर परिवारलाई सरकारी मापदण्डबमोजिम राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यसैगरी खोजी र उद्धार कार्य एवं सुरक्षितरुपमा स्थानान्तरण कार्यका लागि जिल्लास्थित सबै सुरक्षा निकायलाई आवश्यक खोज तथा उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन अनुरोध गर्ने बैठकले निर्णय गरेको जनाइएको छ । बिहीबार रातिको पहिरोमा परी जिल्लामा पोखरा महानगरपालिका–१८ गोठादीमा पाँच तथा पोखरा–२६ लेखनाथ र पोखरा–२५ हेमजामा एक एकजनाको ज्यान गएको थियो । पहिरोमा परी ११ जना घाइते भएका थिए । रासस

पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।