चिनियाँ राष्ट्रपति सिको सन्देशपछि नेकपा बैठक एकसाताका लागि स्थगित

रामेछाप खबर संवाददाता

काठमाण्डौँ, २६ असार ।

सत्तारुढ नेकपाको स्थायी कमिटि बैठक सात दिनका लागि स्थगित भएको छ । आज बिहान ११ बजेका लागि डाकिएको बैठक एक साताका लागि स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । नेकपाको स्थायी कमिटिको बैठक स्थगित भएको यो पाँचौँ पटक हो ।

प्रवक्ता श्रेष्ठले सिन्धुपाल्चोक लगायत देशका विभिन्न स्थानमा गएको बाढि पहिरोमा पिडितहरुको उद्दार र राहतमा लाग्नका लागि बैठक स्थागित गरिएको बताइएको छ । तर यो पटक बैठक स्थागित गर्ने चिनियाँ राष्ट्रपति सि जीङपीङको सन्देश अध्यक्ष पुष्पकमल दाहाललाई राजदुत होउ यान्छीले पुर्याएपछि बैठक स्थागित गरिएको हो ।

अघिल्लो अघिल्लो पटकको स्थायी समितिको बैठक अध्यक्ष केपी ओलीले गर्दै आएका थिए । तर यो पटकको बैठक स्थगितको सुचना केन्द्रीय कार्यालयका तर्फबाट प्रवक्ता नारायणकाजी श्रेष्ठले गरेका छन् । श्रेष्ठ अध्यक्ष दाहाल निकट हुन् । सिको सन्देशपछि दाहाल पनि बैठक स्थगित गर्न तयार भएको बताइएको छ ।

पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।