फेरी बढ्यो सुनको मूल्य : हेरौ कति पुग्यो

रामेछाप खबर संवाददाता

काठमाण्डौँ, २४ असार ।

मंगलबार १ सय रूपैयाँले घटेकाे नेपाली बजारमा सुनकाे मूल्य आज बुधबार तोलामै ५ सय रुपैयाँले बढेको छ ।

मंगलबार ९१ हजार २ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ हुँदा नेपाली सुनचाँदी बजारमा पनि त्यसको असर परिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार २ सयमा कारोबार भएको सुन बुधबार उकालो लाग्दै ९१ हजार ७ सय रुपैँयामा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य ९१ हजार २ सय ६५ रुपैयाँ मूल्य तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। भने चाँदीको मूल्य प्रतितोला १५ रुपैँयाले बढेर ९ सय ६० रुपैँया कायम भएको छ ।

पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस