भर्खरै आयो यस्तो खबर : कोरोना संक्रमणबाट पाटन अस्पतालमा एकजनाको मृत्यु

रामेछाप खबर संवाददाता

काठमाडौं असार ११ ।

नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । चितवनका ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा ती संक्रमितको मृत्य भएको हो । पाटनमा कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले पुष्टि गरे ।

चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो ।

हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।