भान्सामा मृ*त भेटिएकी सुस्मिताको ससुरा र नन्द प*क्राउ

रामेछाप खबर संवाददाता

हेटौंडा, ६ असार ।

हेटौंडा–४, सूर्यचोकमा असार २ गते २२ वर्षकी सुस्मिता थापा टाउकोमा चोट लाग्दा मृ*त अबस्थामा फेला परिन् । कपिलवस्तुको बाणगंगा–८ माइती रहेकी सुस्मिताले आत्मह*त्या गरिन् वा ह*त्या भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उक्त घटना सम्बन्धमा अनुसन्धानका लागि मृतकका ससुरा वर्ष ५८ को प्रकाश थापा र मृतककी नन्द वर्ष २३ की सीता थापालाई ४ गते प्रहरीले पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्धामा थप अनुसन्धान कार्य जारी राखेको छ ।

सुस्मिताका पतिको ६ महिनाअघि सवारी दुर्घटनामा मृत्यु भएको थियो । बन्द कोठामा थापाको शव फेला परेको र घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।