सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

रामेछाप खबर संवाददाता

असार,५ काठमाडौँ ।

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहिबार छापावाल सुन प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएकोमा आज १ सयले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ९ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको ८९ हजार ४ सय ६० मा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ५ रुपियाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ९३० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आशिंक रुपमा सुनचाँदीको पसल खोलिदै

आइतबारबाटआशिंक रुपमा सुनचाँदीको पसल खोलिने भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै आइतबारबाट सुनचाँदीको दरभाउ प्रकाशित हुने जानकारी दिएको हो ।

सरकारले आर्थिक क्रियाकलाप खुकुलो बनाउने निर्णय गरेसँगै महासंघले पनि सुनचाँदी व्यवसायलाई सुचारु गर्ने जनाएको छ ।

चैत ११ गतेदेखि लकडाउन भएसँगै सुनचाँदीको कारोबार हुन सकेको छैन । अब सुनचाँदीको दरभाउ प्रकाशित भएसँगै कारोबार शुरु हुने अपेक्षा गरिएको छ ।
‘अहिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने प्रक्रिया शुरु भएकाले सोहीअनुसार विभिन्न जिल्ला प्रशासन, सम्वन्धित महानगरपालिकारनगरपालिकारगाउँपालिका र सम्बन्धित उद्योग वाणिज्य संघको संयुक्त सहमतिमा केही घण्टा ब्यवसाय सञ्चालनगर्न पाउने ब्यवस्था गरे अनुसार सुनचाँदी ब्यवसाय पनि आंशिकरुपमा सञ्चालन हुने भएको छ ।

यसर्थ हालसम्म स्थगन गरिएको दरभाउ यस महासंघले मिति २०७७ जेठ २५ गते आइतबारदेखि पुनः प्रकाशित गरिने महासंघका प्रवक्ता मनोजकुमार शाहले जानकारी दिए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।