भर्खरै आयो निक्कै दुखद खबर: फेरी काठमाडौँमै भेटिए कोरोन संक्रमित

रामेछाप खबर संवाददाता

काठमाडौं, ४ असार ।

काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

२४ घण्टामा थपिए ६७१ कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ६ सय ७१ जना संक्रमित थपिएका छन्। यीसहित कुल संक्रमित ७ हजार ८४८ पुगेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ६ सय ७१ संक्रमित थपिएको जानकारी दिए।

पछिल्लो २४ घण्टामा १९ जना पुरुष कोरोनामुक्त भएका छन्। उनका अनुसार हालसम्म १ हजार १ सय ८६ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। त्यस्तै हालसम्म २२ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ।

आज थप ६७१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७,८४८ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या सात हजार आठ सय नाघेको छ । पछिल्लो २४ घण्टामा ६ सय ७१ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या सात हजार आठ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितमा भक्तपुर,डडलधुरा, कैलाली, कपिलबस्तु, काठमाडौं, नुवाकोट, रौतहट, रुपन्देही, सर्लाही, सिन्धुपाल्चोक, ललितपुर र महोत्तरी, सिन्धुली, पर्वत, चितवन, धनुषा, बागलुङ, मनाङ, नवलपरासी पूर्व, स्यांजालगायतका जिल्लाका रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै बिहीबारसम्म ११८६ जनाले कोरोना जितेको पनि मन्त्रालयले जानकारी दिएको छ । यस्तै मृतकको संख्या २२ पुगेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।