संविधान संशोधनले भारतमा हलचल, आयो यस्ताे प्रतिक्रिया (पढ्नुहोस)

रामेछाप खबर संवाददाता

काठमाडौँ, ३२ जेठ ।

शनिबार प्रतिनिधिसभाले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेटिएको नक्सालाई राष्ट्रिय निशान छापको हिस्सा बनाउन प्रस्ताव गरिएको संविधानको संशोधन दुई तिहाइ भन्दा धेरै मतले पारित गरेको छ ।

ऐतिहासिक रूपमा देश एकताबद्ध देखिरहँको समयमा भारत भने बेचैन देखिएको छ । संशोधनक‍ केही घण्टामै भारतीय विदेश मन्त्रालयलेका प्रवक्ता अनुराग श्रीवास्तवले लिखित रूपमा संक्षिप्त प्रतिक्रिया दिँदै कालापानी, लिपुलेक र लिम्पियाधुरामा नेपालको दाबीमाथि ऐतिहासिक तथ्य वा प्रमाण नभएको बताएका छन् ।

ूनेपालको प्रतिनिधिसभाले भारतीय भूभाग समेट्ने गरि नेपालको नक्सा परिवर्तनसम्बन्धी संविधान संशोधन विधेयक पारित गरेको हामीले जानकारीमा लिएका छौँ । हामीले यस विषयमा पहिले नै हाम्रो धारणा प्रस्ट पारिसकेका छौँ,ू भारतीय प्रतिक्रियामा उल्लेख छ।

ूयो कृत्रिम विस्तार गरिएको दाबी ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित छैनन् र यसको बचाउ गर्न पनि सकिन्न । साथै, थाती रहेका सीमा मुद्दाबारे वार्ता गर्ने हाम्रो वर्तमान समझदारीको यो विपरीत छ।ू

नेपालले नयाँ नक्सासम्बन्धी चालेको कदमलाई लिएर भारत पहिलेदेखि नै असन्तुष्ट रहँदै आएको छ । मूलतस् भारत मिडियामार्फत वार गरिरहेको देखिन्छ ।यसअघि भारतले नेपालले नक्सामार्फत् अतिक्रमण गरेको प्रतिक्रिया दिएको थियो ।

गत नोभेम्बरमा भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भू(भाग समेटेर नक्सा जारी गरेपछि नेपालभारत बीच तिक्तता सुरु भएको थियो ।
त्यसपछि गत महिना भारतीय रक्षामन्त्रीले उक्त क्षेत्र भएर जाने मानसरोवर सडकको उद्घाटन गरेपछि झन विवाद सिर्जना भएको हो ।

त्यसैको प्रतिक्रिया स्वरूप नेपालले पनि नक्सा प्रकाशित गरेको हो । शनिबारर संसदमा संशोधन प्रस्ताव पारित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग वार्ताका माध्यमले सो भूमि फिर्ता ल्याइने बताएका छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।