अब भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री ओली

रामेछाप खबर संवाददाता

काठमाडौं, ३१ जेठ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादका विषयमा भारतसँग वार्ता अघि बढ्ने बताएका छन् । संघीय संसदको प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विकेयक पास भएपछि बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले भारतसँग वार्ता अगाडि बढाइने बताएका हुन् ।

नयाँ नक्सालाई निशानछापमा समावेश गर्न गरिएको नेपालको संविधानको दोस्रो संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएपछि प्रधानमन्त्रीओलीले एउटा कोर्स पूरा भएको बताएका हुन्। ‘नयाँ नक्सा संसदबाट पारित भएसँगै हामीले एउटा कोर्स पूरा गरेका छौं’, संसद भवनबाट बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘अब भारतसँग वार्ता हुन्छ।’

प्रधानमन्त्री ओलीले भूमि फिर्ता अभियानमा अभूतपूर्व एकता देखिएको भन्दै खुसीसमेत व्यक्त गरेका छन्। ‘संविधान संशोधनमा अभूतपूर्व एकता देखिएको छ, यो नेपाल र नेपालीका लागि खुसीको कुरो हो। केही साथीहरु अनुपस्थित हुनु बेग्लै कुरा हो । विपक्षमा कोही छैनन् । सिंगो देश एकजुट भएको छ,’ उनले भने ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।