केहीदिन अघिमात्रै भातरबाट आएकी युवतीको क्वारेन्टिनमै मृ’त्यु

रामेछाप खबर संवाददाता

बैतडी, २० जेठ।

केही दिन अघिमात्रै भारतबाट आएकी एक युवतीको क्वारेन्टिनमै मृत्यु भएको छ ।

दमको उपचार गराइरहेकी २२ वर्षीय युवतीको बैतडीको पुर्चौडी नगरपालिका- ४ भटनामा रहेकाे मालिका माविको विद्यालयमा रहेको क्वारेन्टिनमा सोमबार साँझ मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशन चन्दले जानकारी दिए ।

मृतक युवतीको पीसीआर परीक्षणका लागि स्वाब परीक्षणकाे रिपोर्ट आएपछि मात्र शवको पोस्टमार्टम गरिने बताइएकाे छ ।

मदिरा सेवन गरि सामान्य विवादमा साथीको ह’त्या

मदिरा सेवन गरि जिस्कने क्रममा सामान्य विवाद हुँदा एक युवकको हत्या भएको छ । मध्यराति बाटो छेकेर इटहरी उपमहानगरपालिका- २० तरहराका २८ वर्षका रादन राईको ह’त्या भएको हो ।

घटनामा संलग्नको आरोपमा मृत्युपछि फरार रहेका मोरङको कानेपोखरी गाउँपालिका– ५ जहदा घर भइ तरहरा बस्दै आएका प्रज्वल तामाङ, तरहराकै अभिषेक पौडेल र अभिषेक केसी पक्राउ परेका छन् ।

पेट र छातीमा छुरा लागेका राईको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी धर्मराज भण्डारीले दिएको जानकारीका अनुसार पक्राउ परेकाहरु माथि कर्तब्य ज्यान अभियोगमा अनुसन्धान सुरु गरेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।