म पनि बाबुराम भट्टराई ‘कामी’ लेख्छु- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई

रामेछाप खबर संवाददाता

काठमाडौं, १८ जेठ।

नेपालमा रहेको कथित जातीय छुवाछुतको अन्त्य गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबैजनाले एकै थर लेख्‍नुपर्ने प्रस्ताव गरेका छन्।

आइतवार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै उनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि यस्तो बताएका हुन्।

उनले देश आघि बढ्नको लागि श्रमिक र सिल्पी दलित समुदायलाई हेप्न र अपमानित गर्ने प्रबिर्ती हतौना आवश्यक रहेको बताएका छन्।

‘श्रम गर्नेलाई हेपेर दलित भनेर हुन्छ। अहिले पनि जातीय छुवाछुतका आधारमा यसरी प्रताडित गर्न पाइन्छ?’, उनले भने, ‘बरु यो छुवाछुत प्रथा हटाउन सबैले एकै थर लेखौं। म पनि बरु बाबुराम भट्टराई ‘कामी’ भनेर लेख्‍न तयार छु। सबैले थर एकै लेखौं।’

उनले रुकुममा जातीय विभेदका नाममा गरिएको पाँच युवकको हत्यालाई प्रतिक्रान्तिको संज्ञा दिएका छन् ।

‘क्रान्तिको आधार इलाका रुकुममा त्यत्रो प्रतिक्रान्ति हुन्छ भने देश कहाँ जाँदैछ?’, उनले सोधे, ‘हामीले यी बेथितिलाई हटाउनैपर्छ। एउटै झट्कामा किन भत्काउन सक्दैनौं तर सबैले साझा प्रयास गरौं।’ हटपाटी बाट

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।